प्रस, वीरगंज, १३ असोज/
जिल्ला प्रहरी कार्यालय पर्साले कागजपत्र नभएका तीनवटा भारतीय नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय चलान गरेको छ । जिप्रका पर्साले बिआर ०५ एबी ८५६१ (अपाची), बिआर ०५ एई ६८९३ (पल्सर) र बिआर ०५ एजी ८६८१ (स्कूटी)को कागजपत्र नभएका कारण नियन्त्रणमा लिएर आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पठाएको बताएको छ ।