अङ्ग्रेजी कलेन्डरको सेप्टेम्बर महीना, खासगरी ज्येष्ठ नागरिकलाई लक्ष्Fित कार्यक्रमसँग समेटिएको छ । सेप्टेम्बर १० मा अधिकार दिवस, २१ मा अल्जाइमर दिवस र १ अक्टुबरमा ज्येष्ठ नागरिक दिवस त ज्येष्ठ नागरिक लक्षित कार्यक्रम भए नै, बीचमा विश्व मुटु दिवस पनि प¥यो, जसबाट खासगरी वृद्धवृद्धा प्रभावित हुन्छन् । यी दिवसहरू मनाउनुको खासमा अर्थ हो, ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक, स्वस्थ जीवन जिउन सहयोग पु¥याउनु । तर दिवस जुनसुकै होस्, नेपालमा त्यो औपचारिकता पूरा गर्नका लागि सम्पन्न गरिन्छ । ज्येष्ठ नागरिकहरूको मूल समस्या हो–शरीर र दिमाग सुस्त हुँदै जानु । शरीर सुस्त (निष्क्रिय) हुँदा विभिन्न रोगले आक्रमण गर्ने र दिमाग सुस्त हुँदा थरीथरीका मनोरोगहरूले गाँज्ने । त्यसका लागि आवश्यक छ, शरीर र मस्तिष्क क्रियाशील रहोस् । यसका लागि उपायहरू नभएको होइन, नेपाल सरकारले बुझेको पनि छ, नीतिनियम बनाएको पनि छ, तर त्यही नेपालीहरूको नानीदेखिको बानी, कार्यान्वयन पक्ष भने हमेशा सुस्त । ज्येष्ठ नागरिकहरू त प्राकृतिक विकासक्रम अर्थात् उमेर हदले गर्दा सुस्त हुन्छन्, तर समाज र सरकारी निकाय भने दिमागीरूपमा सुस्त छ ।

ज्येष्ठ नागरिक विषयमा यताका दिनमा केही जागरूकता बढेजस्तो त देखिएको छ, सरकार तथा विभिन्न पालिकाहरूले बेलाबेला ज्येष्ठ नागरिकलाई सम्मान गरेको कार्यक्रम देख्न–सुन्न पाइएको छ । तर त्यो मनले दिएको सम्मानभन्दा देखावटी सम्मान भएको अनुभूत ज्येष्ठ नागरिकहरूलाई हुन्छ । सम्मान होइन, कृपा गरेजस्तो देखिने कार्यक्रमबाट तत्काल ज्येष्ठ नागरिक लाभान्वित त हुन्छन्, तर त्यसले उनीहरूको जीवनमा ताŒिवक फरक भने ल्याउँदैन । अहिलेको बेला ज्येष्ठ नागरिकको ठूलो समस्या भनेको संवादहीनता हो । अहिलेको शिक्ष्Fा पद्धतिले गर्दा सानासाना बालबालिका स्कूल पुगेका हुन्छन् । परिवारका महिलालाई घरधन्दाले फुर्सद हुँदैन । जीवनयापनको जटिलताले गर्दा घरधन्दाबाट फुर्सद पाएर काममा बाहिर जानुपर्छ । वयस्क सन्तान पनि जटिल दैनिकीले गर्दा पिरोलिएका हुन्छन् । शारीरिक श्रम गर्न नसक्ने वृद्धवृद्धा दिमागले पनि एकाकी हुन पुग्छन् । यसरी उनमा कुण्ठा जन्मनु, विभिन्न मनोरोग लाग्नु स्वाभाविक हुन जान्छ । सरकार र विभिन्न पालिकाहरूले खुद्रा सम्मानको नाममा जति खर्च गर्छन्, त्यसलाई दिवा परामर्श केन्द्र स्थापना गर्न प्रयोग गर्ने हो भने ज्येष्ठ नागरिकको हकमा काम गरेको ठहर्ने थियो ।

सम्मान भनेको देखाउने होइन, महसूस गर्ने कुरा हो । एउटा ज्येष्ठ नागरिक जब कुनै निजी वा सरकारी कार्यालय, अस्पताल, बैंक जान्छ, उसलाई लाइनमा बस्न (उभिन) भनिन्छस प्राथमिकतामा राखिन्न । सरकारले ज्येष्ठ नागरिकका लागि निश्शुल्क बीमा गरिदिएको छ, तर उसले औषधि पाउँदैन । किनकि सरकारी अस्पतालहरूले त उसले प्रयोग गर्ने औषधि नै राख्दैनन् । बीमाले सट्टाभर्ना दिंदैन । अनि यो निश्शुल्क बीमाको आडम्बर किन ? निश्शुल्क स्वास्थ्य बीमा गरिदिनु सम्मान हो कि बीमाबापत सहज–सरल तरीकाले औषधि पाउने व्यवस्था मिलाइदिनु सम्मान हो ? सामाजिक सुरक्षा भत्ताकै कुरा गर्दा यसले निश्चय नै ज्येष्ठ नागरिकको केही सम्मान बढाएको छ, तर त्यो पैसा लिन उसले कति अधीर बन्नुपर्छ र बैंकहरूको कति चक्कर लगाउनुपर्छ, भुक्तभोगीलाई नै थाहा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here