प्रस, पचगावाँ, १२ असोज/
पटेर्वासुगौली गाउँपालिका–५ मा सञ्चालित नेपाल राष्ट्रिय आधारभूत विद्यालय मनिहर्वामा मङ्गलवार छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा एकदेखि पाँचसम्मका बालबालिकाहरूलाई छात्रवृत्तिबापतको रकमबाट विद्यालय व्यवस्थापन समितिको निर्णयले पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हरिराज यादवले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद थारू, वडासदस्य पलटप्रसाद थारू, स्थानीय अभिभावक पार्वतीदेवी माझी, मञ्जु देवीलगायतको सहभागितामा पोशाक वितरण गरिएको प्रअ यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here