माधव तिमिल्सिना, ठोरी, १२ असोज/
पर्साको ठोरी–४ विजयबस्तीमा जारी समाजसेवी स्व रामबहादुर श्रेष्ठ दोस्रो गोल्डकपको चौथो दिन मङ्गलवारको खेलमा वनशक्ति क्लब ठोरी–२ विजयी भएको छ । भक्तपुर एफसीलाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको मध्यान्तरअघि भक्तपुरका रक्षकले गोल पोस्टनजीकै ह्यान्डबल गर्दा ठोरीले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई ठोरीका कृष्ण शाक्यले गोलमा परिणत गरेका थिए र सो गोल नै निर्णायक साबित भयो ।

खेलको सम्पूर्ण अवधिभर भक्तपुरले ठोरीलाई दबाबमा राखेर खेले पनि गोल भने गर्न सकेन । उसले पटक–पटक गोल गर्ने प्रयास गरेको भएपनि सबै प्रयास असफल रहे ।

आजको खेलको ‘म्यान अफ दि म्याच’ भने भक्तपुरका जम्मे धामी घोषित भए । भोलिको खेल हेटौंडा फूटबल क्लब, हेटौंडा र निर्मल समाज युवा क्लब ठोरी–४ बीच हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here