प्रस, सेढवा, ११ असोज/
विश्व पर्यटन दिवसको अवसरमा सुनाखरी मध्यवर्ती होमस्टे सुवर्णपुरलाई प्रदेश नं २ सरकारले जङ्गल सफारीका लागि गाडी प्रदान गरेको छ ।

प्रदेश नं २ मा पर्यटन भित्रयाउन पर्यटकीयस्थल विकासका लागि प्रदेश सरकारले जङ्गल सफारीका लागि टाटा सफारी गाडी प्रदान गरेको हो ।

प्रदेशका अन्य स्थानभन्दा यस क्षेत्रमा अन्तरिक तथा बाह्य पर्यटक आउने र त्यसका राष्ट्रिय निकुञ्जको अवलोकन गर्न सवारीसाधनको सुविधा नहुँदा जङ्गल सफारी गाडी प्रदान गरिएको बताइएको छ ।

ठोरी गाउँपालिका–५ स्थित सुनाखरी होमस्टेको सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा होमस्टेका अध्यक्ष शम्भुराम पौडेललाई जङ्गल सफारी गाडी हस्तान्तरण गरिएको थियो । प्रदेशसभा सदस्य शङ्कर चौधरीले सो गाडी पौडेललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रदेश नं २ को वन निर्देशनालयका सचिव जगरनाथ जैसवाल, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साह, डिभिजन वन कार्यालयका निमित प्रमुख फरमान मियाँ, समाजसेवी लेखमान थापा, जरी लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here