प्रस, पोखरिया, ११ असोज/
पोखरिया नगरपालिका–९ वडा कार्यालयको भवनमा सोमवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १४६ जनाको आँखा परीक्षण गरिएकोमा ४५ जनामा मोतीबिन्दु देखिएको डा अरुण यादवले बताए ।

शिविरमा मोतीबिन्दु देखिएका ४५ जनाको माट्रिका आई फाउन्डेशनमा निश्शुल्क शल्यक्रिया हुने पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले बताइन् ।

शिविरमा लोकतान्त्रिक समाजवादी पार्टी पोखरियाका अध्यक्ष राजुसाह तेली, वडाध्यक्ष रामबाबूप्रसाद चौहान, हरि साह, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here