सुग्रीव साह, भिस्वा, १० असोज/
छिपहरमाई गाउँपालिकास्थित वीरगंजपछि पर्सा जिल्लाको ठूलो व्यापारिक कारोबार हुने र तस्करीको लागि बदनाम भिस्वाबाट तस्करी गर्न पाउनुपर्छ भन्दै महिलाहरूले आइतवार होहल्ला गरेका छन् ।

सशस्त्र प्रहरीले पहिलो कोरोनाकालदेखि नै भिस्वाबाट भारतको सिकटा बजार जाने मुख्य नाकामा तारको छेकबार लगाएको छ । सो छेकबारबाहेक खुला सीमाको फाइदा उठाउँदै पोके तस्करी पनि हुँदै आएको छ ।

खासगरी भारतीय महिलाहरूले अहिले सुपाडी भिस्वा बजारबाट खरीद गरेर २० देखि ३० किलोसम्मको पोका बनाएर सिकटा बजार पु¥याउँदै आएका छन् । तिनै भारतीय महिला पोके तस्करहरूले आज बिहान सशस्त्रको तारको छेकबार हटाउनुपर्ने, आवतजावत निर्वाध हुनुपर्ने भन्दै बबाल मच्चाएका थिए । महिला पोके तस्करहरूमध्ये केहीले मदिरासेवन गरी बबाल गरेका थिए । सामान्य अवस्थामा सशस्त्र प्रहरीसँग विवाद गर्न नसक्ने बुझेर उनीहरूले मदिरासेवन गरी उत्तेजित पारामा विरोध गरेका थिए । महिला पोके तस्करहरूलाई स्थानीयले समेत सम्झाउने प्रयास गर्दा मदिरासेवनको कारण उनीहरू झनै उत्तेजित पारामा प्रस्तुत भएका थिए ।

भिस्वामा सशस्त्र प्रहरीमा काजमा र जनपदतर्फ दरबन्दीमा नयाँ इन्चार्जहरू आएका कारण संस्थागत तस्करी करीब एक महीनादेखि बन्द छ । खुला सीमा भएको कारण मुख्य नाकाबाहेक खेत सरेहबाट पोके तस्करहरूले भने प्रहरीको आँखा छलेर तस्करी गर्दै आएका छन् । अहिले भिस्वामा तस्कर नभएको सूचक वीरगंजबाट तस्करीको लागि ट्रकमा सामान नआउनु हो । संस्थागत तस्करी शुरू भएको बेलामा भिस्वामा वीरगंजबाट दैनिक चार ट्रक विभिन्न सामान आउँथ्यो र ट्याक्टरबाट भारतको भिस्वा बजार पु-याइन्थ्यो । अहिले खुला सीमाको कारण लुकीछिपी हुने तस्करीबाहेक संस्थागत तस्करी भएको पाइएको
छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here