राकेश यादव, रौतहट, ९ असोज/
सरकारले पैसा तिरेर कोभिडविरुद्ध खोप लगाउने निर्णय अथवा पैसा लिएर लगाइदिन हालसम्म कसैलाई स्वीकृति दिएको छैन ।

कोभिड खोपका नाममा हामीमा अरू चीज पनि प्रयोग हुन सक्छ । गुणस्तरीय खोप नहुन सक्छ वा सरकारले निश्शुल्क दिने भनिएको खोपका लागि कसैले ठगी गर्न सक्छ भन्ने उद्देश्यले नेपाल सरकारले यो अभियान चलाएको हो तर शुल्क लिएर कोरोना भाइरसको खोप दिएको आरोप लागेको छ ।

रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठामा शहरी स्वास्थ्य केन्द्रले ५ सयदेखि १५ सय रुपियाँ लिएर खोप बिक्री गरेको आरोप स्थानीयले लगाएका छन् । स्वास्थ्यकर्मी सुधीरकुमार सिंहले अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको (जानसिन) खोप लगाउन १५ सय रुपियाँ लिएको स्थानीय मो. हुसेनले आरोप लगाएका छन् । उनले छोरालाई वैदेशिक रोजगारका लागि पठाउनुपर्ने भएकोले पैसा तिर्न स्वास्थ्यकर्मी सिंहले बाध्य बनाएको बताएका छन् ।

एक डोज मात्र लगाए पुग्ने अमेरिकी खोपका लागि पैसा लिएको अर्का स्थानीय रामजनम साहले पनि आरोप लगाएका छन् । स्वास्थ्यकर्मी सिंहले १५ सय मागे तापनि ५ सय दिएपछि खोप कार्ड बनाएर खोप लगाइदिएको उनले बताए । वडाध्यक्ष चेतन यादवले स्वास्थ्यकर्मी सिंहले जनतालाई ठगेर फरार भएको बताए ।

निश्शुल्क दिनुपर्ने खोप पैसा लिएर दिने स्वास्थ्यकर्मीविरुद्ध कारबाही गर्नुपर्ने उनीहरूको माग छ । स्वास्थ्यकर्मी सिंहले कति खोप बेचे जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशाासन कार्यालय, रौतहटले छानबीन गर्नुपर्ने स्थानीयले माग छ ।

आरोपित सिंहसँग बुझ्दा उनले कसैसँग पैसा नलिएको बताए । उनले गापा स्वास्थ्य प्रमुखले आपूmलाई हटाउन बदनाम गराउने काम गरेको बताए । उनले आपूm रोगग्रस्त रहेको बेला केही युवा कार्यालयमा पुगी आपूmमाथि अनावश्यक लाञ्छना लगाउँदै भिडियो बनाएको र त्यसलाई सार्वजनिक गरेर बदनाम गर्न खोजेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here