प्रस, वीरगंज, ९ असोज/
बारा जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिंहले राजपूत समुदायलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् ।
नेपाल राजपूत सेवा समितिले शनिवार वीरगंजमा आयोजना गरेको राजपूतहरूको भेलामा बोल्दै सभापति सिंहले राजपूत समाजको भवन निर्माण भइरहेको र यो कार्यले समाजमा थप बल पुग्ने बताए ।
भेलालाई बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंहले भवन निर्माण कार्यले गति लिएको बताए । उनले स्वजातीय एकता बनाएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
बाराको देवताल गाउँपालिकाका प्रमुख चन्दन सिंहले भवन निर्माणलगायत काममा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा भवन निर्माणको प्रगति तथा अर्थ सङ्कलनबारे महासचिव सुरेन्द्र सिंह र कोषाध्यक्ष नगनारायण सिंहले जानकारी गराएका थिए ।
कार्यक्रममा सतीशसिंह राजपूत, हुकुमसिंह राजपूत, उदयप्रताप सिंह, भगवान सिंह, अवधकिशोर सिंह, अनिल सिंह, जमुना सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए । आजको कार्यक्रमबाट रु ५ लाख सङ्कलन भएको बताइएको छ ।
समाजका वरिष्ठ उपाध्यक्ष जटेश्वर सिंहको अध्यक्षतामा भएको भेलाको सहजीकरण पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।