प्रस, वीरगंज, ९ असोज/
वैज्ञानिक समाजवादी पार्टी नेपालको प्रदेश २ को भेला शनिवार वीरगंजमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा आयोजित भेलामा सहभागीहरूलाई केन्द्रीय संयोजक आहुतीले पार्टीको नीति तथा कार्यक्रमबारे प्रशिक्षण दिएका थिए ।
यसैबीच भेलाले मदन अर्यालको संयोजकत्वमा १७ सदस्यीय प्रदेश समितिको चयन गरेको छ ।
समितिमा बैधनाथ ठाकुर, भागीरथी ठाकुर, हरदेव ठाकुर, दिलीप ठाकुर, सजीव बल, धनबहादुर श्रेष्ठ, कृष्णदेव चौधरी, दीपनारायण दास, साधुराम चौलागाईं, क्षितिज लामिछाने, हीरादेवी दास रहेका छन् ।