प्रस, ठोरी, ८ असोज/
ठोरी गाउँपालिकामा लागू औषध तथा दुव्र्यसनबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ।
शुक्रवार ठोरी गापा–२ स्थित राईधारा परिसरमा युवा जागरण मञ्च गुम्बालाइन तथा आशिष सामाजिक सेवा नेपालको आयोजनामा सचेतना कार्यक्रम भएको हो।
कार्यक्रममा वक्ताहरूले लागू पदार्थ दुव्र्यसनीको सङ्ख्या बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका थिए। लागू पदार्थ र मादक पदार्थ सेवन गर्ने युवाहरूमा युवकको सङ्ख्या बढेको र त्यसको असर बालबालिकाहरूमा पनि परेको बताए।
प्रमुख अतिथि ठोरी गापा प्रमुख पिएल श्रेष्ठले ड्रग एडिक्टहरूको शुरूआत चुरोटबाट नै हुने गरेको बताए। उनले ठोरीमा मात्रै प्रत्येक टोलमा मादक पदार्थ सेवनबाट ४/५ जनाको जीवन बर्बाद भइरहेको बताए। अध्यक्ष श्रेष्ठले यस विषयमा सबै गम्भीर हुनुपर्ने बताए। कार्यक्रममा आशिष सामाजिक सेवा नेपाल पर्साका संयोजक रोशन सुनुवारले लागू पदार्थ सेवनले युवाहरूको भविष्य नै अन्धकारमय बनाउन लागेको बताए। उनले अध्ययन र चिन्तन नहँुदा युवाहरू बरालिएर दुव्र्यसनमा फस्ने गरेको बताए।
कार्यक्रममा वडाध्यक्ष बईबहादुर तामाङ, इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव शाह, बोर्डर आउटपोस्ट ठोरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शङ्करकुमार कोइराला, वडा सदस्य कान्छीमाया पाख्रीन, वडा सदस्य तेजबहादुर श्रेष्ठलगायतको सहभागिता थियो।