प्रस, बिरुवागुठी, २ असोज/

सबडिभिजन वन कार्यालय बडनिहारको वन गस्ती टोलीले शनिवार बिहान छापा मार्दा लुकाइछिपाइ राखेको अवस्थामा दुई थान सालको गोलिया र साइकल बरामद गरेको छ ।

सूचनाको आधारमा पर्सागढी नगरपालिका–३ बडनिहार निवासी भागवत साहको घरको पछाडि
टहरामा लुकाइराखेको अवस्थामा सबडिभिजन वन कार्यालय बडनिहारका जमदार प्रदीप तिमल्सिना कमान्डको टोलीले छापा मार्दा दुई थान सालको गोलिया करीब १५ क्युफिट र गोलिया ओसार्ने साइकल एक थान बरामद गरेको थियो । तस्करहरूको खोजी कार्य भइरहेको जमदार तिमिल्सिनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here