प्रस, सिम्रौनगढ, २० भदौ/
सिम्रौनगढ नगरपालिका–७ स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी गोपालगंजको नवनिर्मित भवनको आइतवार सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरेका छन् ।
कार्यक्रममा उनले सरकारले सीमा रक्षाजस्तो महŒवपूर्ण जिम्मेवारी सशस्त्र बललाई सुम्पेको बताए । उनले सरकारले सुम्पेको जिम्मेवारीलाई पूर्ण इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।
राष्ट्रभक्तिलाई मन, मुटु र शिरमा राखेर पाएको जिम्मेवारी वहन गर्ने उनले बताए । दुई नम्बर प्रदेशको ४६४ किलोमिटर भूभाग भारतको खुला सीमासँग जोडिएको उनले बताए । उनले सीमामा तैनाथ सशस्त्रका जवानहरूलाई कर्तव्यपालन पूर्ण इमानदारीका साथ गर्न निर्देशन दिए।
कार्यक्रममा सशस्त्र प्रहरी बल गोपालगंजका प्रहरी निरीक्षक मुकुन्द घिमिरेले स्वागत गरेका थिए। कार्यक्रममा सप्रउ रविणराज कर्णजीत, उपप्रमुख रीमादेवी कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह, इप्रका सिम्रौनगढका प्रनि दीपक सुवेदी, वडाध्यक्ष रमेश कुशवाहा, शङ्करसाह कानू, रामबहादुर पटेल, हेमचन्द्र प्रसादलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी नायब निरीक्षक मोहन श्रेष्ठले गरेका थिए ।