प्रस, वीरगंज, १८ भादौ/

पर्सा, धोबिनी गाँउपालिका–४ लङडीस्थित एनआइसी एशिया बैक शाखा कार्यालयमा शुक्रवार बिहान चोरी भएको छ । बैंकका शाखा प्रबन्धक सच्चिदानन्द चौहानले ल्यापटप–१ थान र कम्प्युटरका केही सामान चोरी भएको पुष्टि गरेका छन् ।

इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरिक्षक दीपक थापाले दुईजना चोर रेनकोट लगाएर आएका र उनीहरूसँग अक्सिजन सिलिन्डरसहित वेल्डिङ मेशिन रहेको र त्यसले सटर काटेर राति पौने दुई बजे बैंकभित्र पसेको बताए । चोरहरूले गरेको यतिसम्मको गतिविधि सिसिटिभी क्यामरामा कैद छ । बाँकी उनीहरू प्रवेश गर्नासाथै सिसिटीभी क्यामराको तार काटेको थिए ।

चोरहरूले पैसा भएको लकर फुटाउने प्रयास गरेको तर सफल हुन नसकेको प्रहरीको भनाइ छ ।
चोरहरू सटर काट्न प्रयोग गरेको सामग्री त्यहीं छाडेर भागेका थिए । इप्रका पोखरियाका प्रनि थापाले आज बिहान बैंक खोल्न सुरक्षागार्ड पुग्दा चोरीको घटना सार्वजनिक भएको बताए ।

उनले बैंकले दिउँसोको लागि सुरक्षा गार्डको व्यवस्था गरेको तर राति नगरेको कारण चोरहरूबाट वारदात भएको बताए । घटनास्थलमा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे पनि पुगेका थिए । उनले सीमावर्ति भारतबाट चोर आएको हुन सक्ने आशङ्कामा भारतीय सुरक्षाकर्मीसँग यसबारे छलफल गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here