प्रस, वीरगंज, १७ भदौ/

कर्तव्य ज्यान मुद्दामा ९ वर्षदेखि फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय, बाराले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ ।

जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले कोल्हवी नगरपालिका–१ का १८ वर्षीय अजय चौधरी २०६९/२/१७ मा बेपत्ता भएको र ६ दिनपछि उनको शव नहरमा फेला परेको घटनाका आरोपी सोही ठाउँका ३६ वर्षीय अनिलकुमार चौधरी भदौ १५ गते पक्राउ परेको बताए ।

उनले कर्तव्य ज्यान मुद्दा लागेपछि फरार रहेका चौधरीलाई मङ्गलवार पक्राउ गरेको र बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here