प्रस, वीरगंज, १६ भदौ/

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिका र पर्सागढी नगरपालिकाका बाढीपीडितलाई सहयोग गरेको छ ।

भारत सरकारको सहयोगमा महावाणिज्यदूत नितेश कुमारले नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवं सङ्घीय सांसद चन्दा चौधरीलाई दुवै पालिकाका सयजना बाढीपीडितका लागि त्रिपाल, म्याटलगायतका राहत सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा महावाणिज्य दूतावासको कार्यालयले नेपाल–भारत महिला मैत्री समाजलाई प्रदेश २ का छ जिल्लाका बाढीपीडितलाई उक्त सामग्री हस्तान्तरण गर्ने योजना रहेको बताएको छ ।

पर्साका साथै बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुक्षामा राहत सामग्री वितरण गरिनेछ । नेपाल–भारत सहयोग अन्तर्गत भारत सरकारले मानवीय सेवा र नेपाललाई विपद्मा राहत सहयोग गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here