प्रस, रौतहट, १४ भदौ/

श्री जुद्ध माध्यमिक विद्यालय गौरको नवनिर्मित छात्राबास भवन अहिले लागूऔषध सेवनकर्ताको अखाडा बन्दै गएको छ । प्रदेश नं २ सरकारको आर्थिक सहयोगमा निर्माण भएको छात्राबासमा बिहानदेखि राति १० बजेसम्म लागूऔषध सेवनकर्ताको भीड हुने गरेको छ ।

आइतवार राति ८ बजेतिर लागूऔषध सेवनकर्ताको भीड लागेपछि पत्रकार चञ्चल झाले जिल्ला प्रहरी कार्यालय गौरमा फोन गरी घटनाबारे अवगत गराएपछि लागूऔषध सेवनकर्ताहरूको भगाभाग भएको थियो । प्रहरी टोली समयमैं नआएकोले समाजमा विकृति फैलाउने तŒवहरू भाग्न सफल भएको पत्रकार झाले बताए ।

गौर नगरपालिका वडा नं २ का अध्यक्ष राकेशकुमार झाले छात्राबास भवनमा प्रहरीको निगरानी गराउने बताए ।

विगत केही वर्षदेखि छात्राबासमा विद्यार्थीहरू बस्न छाडेका कारण लागूऔषध सेवनकर्ताहरूको अखाडा बन्दै गएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सदस्य शैलेन्द्र झाले बताए ।

त्यस्तै, भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माणाधीन अर्को छात्राबास भवनको अहिलेसम्म निर्माण सम्पन्न भएको छैन । सुनसान ठाउँ देखेर दुव्र्यसनीहरूको जमघट हुने गरेको स्थानीयवासीहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here