प्रस, वीरगंज, ११ भदौ/
पर्सा जिल्लामा अस्ट्राजेनिका खोप १३ गतेदेखि लगाइने स्वास्थ्य कार्यालय, पर्साका निमित्त कार्यालय प्रमुख नवलकिशोर साहले बताएका छन् ।
१४ वटा स्थानीय पालिकामा तीन/तीन दिन आलोपालो गरी खोप लगाइने उनले बताए । पहिलो चरणमा वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका, धोबिनी, छिपहरमाई, विन्ध्यवासिनी, पकाहामैनपुर, कालिकामाई गाउँपालिकामा भदौ १३ देखि १५ गतेसम्म र पोखरिया, पर्सागढी नपा, ठोरी, जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर, सखुवाप्रसौनी गापामा १९ देखि २१ गतेसम्म खोप लगाइने उनले बताए ।
निमित्त प्रमुख साहले अस्ट्राजेनिका खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लिएका सबैलाई दोस्रो मात्राको खोप लगाउने र १८ वर्ष उमेर पुगेका कक्ष्Fा १२ का विद्यार्थीहरूलाई लगाइने जानकारी गराए ।