प्रस, पर्सागढी, ८ भदौ/

पर्सागढी नगरपालिका–३ स्थित युवा स्पोट्र्स क्लब बडनिहारको साधारणसभा सम्पन्न भएको छ। क्लबका अध्यक्ष यमबहादुर थापाको अध्यक्षतामा भएको साधारणसभामा विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गरिएको छ। साधारणसभाले ११ सदस्यीय समिति गठन गरेको छ। समितिको अध्यक्षमा सन्दीप तामाङ, उपाध्यक्ष हीराबहादुर क्षत्री, सचिव हरि थापा, सदस्यहरू मोहन गुरुङ, वासुदेव सुवेदीलगायत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here