प्रस, परवानीपुर, ८ भदौ/
रक्सौलबाट भन्सार छलेर वीरगंज भित्र्याइएको करीब ५ लाख मूल्यबराबरको लत्ताकपडा बरामद भएको छ ।
वीरगंज–१६ इनर्वा–सहदेवा नाका भएर आउँदै गरेका पोके तस्करहरूले सशस्त्रको टोलीलाई देखेपछि कपडा छाडेर भागेका थिए । बिहान ६ बजेको समयमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिलकबहादुर थापाको कमान्डमा खटेको टोलीले उक्त कपडा बरामद गरेको हो । बरामद लत्ताकपडामा कुर्ता–सुरुवाल, सर्टिङ–सुटिङ रहेको र वीरगंज भन्सारमा बुझाइएको सशस्त्र प्रहरी भन्सार गुल्म वीरगंजका प्रहरी निरीक्षक सुवर्णबहादुर बमले जानकारी गराए ।