राधेश्याम पटेल, वीरगंज, ७ भदौ/

वीरगंजका युवा उद्यमीहरूले सरकारी तथा बैंकका नीतिका कारण आफूहरूको व्यवसाय अगाडि बढ्न नसकेको गुनासो गरेका छन्।

वीरगंजको दियालो लड्र्स प्लाजामा नेपाली युवा उद्यमशीलता फोरमले सोमवार गरेको युवा उद्यमशीलताका अवसर र चुनौती विषयक अन्तक्र्रियामा सहभागी युवाहरूले विभिन्न व्यवसायमा संलग्न आफूहरू सरकारी र बैंकका नीतिहरूले पीडित भएको गुनासो गरे। उनीहरूले एकपछि अर्काे झन्झट मात्र तेर्साउने तर व्यवसाय सहज तरीकाबाट गर्ने वातावरण सिर्जना नगरिदिने गुनासो गरे।

उनएहरूले प्राकृतिक/धार्मिक पर्यटन, कृषि, उद्योग, व्यापार, होटल, शिक्षा आदिमा युवा सहभागिता बढाउन र रोजगारको अवसर दिने कुरामा सम्बन्धित निकायहरू उदासीन भएको आरोप लगाए।

भन्सार बिन्दुमा पनि विभिन्नखाले अप्ठ्याराहरूको सामना गर्नुपरेको र त्यस्ता कुराहरूमा सुधारका लागि प्रतिबद्धता मात्र जाहेर हुने गरेको बताए। विभिन्न खाले कार्यक्रममा सुधारका लागि आश्वासन दिइने तर त्यसपछिको दिनमा पुरानै चालामा काम हुने गरेको उनीहरूको गुनासो थियो। नेपाली युवा उद्यमशीलता फोरमका अध्यक्ष अनुप तिवारीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीउवासङ्घका अध्यक्ष सुबोध गुप्ता, पूर्वअध्यक्षहरू अशोक बैद, अशोक टेमानी, बैंकर्स एशोसिएशनका नितेश खड्गी, सिए सुभाष खण्डेलवाल, वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख सुनील यादव, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण आर्थिक पत्रकार सङ्घ, पर्साका अध्यक्ष ओमप्रकाश खनालले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here