प्रस, गरुडा, ३१ साउन/

साहित्यकार विश्वराज अधिकारीको बज्जिका कृति ‘कहाँ गेल ऊ लोग’को विमोचन गरिएको छ ।
रौतहटको गरुडामा बज्जिका भाषा विकास परिषद् नेपालका अध्यक्ष शिवचन्द्र साह, मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाका प्रमुख प्रेमलाल साह, बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष राजुकुमार श्रीवास्तव, बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण र बज्जिका साहित्यकार सञ्जय सुदामाले कृतिको संयुक्त विमोचन गरेका हुन् ।

बज्जिका साहित्य सङ्गम रौतहटले प्रकाशन गरेको अधिकारीको यो संस्मरणात्मक कृति हो । बज्जिका साहित्यमा यो पहिलो संस्मरण ग्रन्थ रहेको छ ।

बज्जिका अभियन्ता डा कमलेश्वरकुमार सिन्हा तथा लेखिका रेणु गुप्ताको शुभकामना रहेको अधिकारीको कृतिमा करीब पचास वर्ष पहिलेका पच्चीस संस्मरण रहेका छन् । यसअघि बज्जिका भाषामा अधिकारीको पहिलो आधुनिक गीती सङ्ग्रह प्रकाशित भएको थियो ।

कृति विमोचन कार्यक्रममा साहित्यकार सञ्जय साह मित्र, केदार यादव, सङ्गीताकुमारी सहनी, शिवचन्द्रप्रसाद साहसमेतले मन्तव्य राख्दै नेपालीय बज्जिका साहित्यमा अधिकारीको योगदान निकै महŒवपूर्ण रहेको बताउँदै नयाँ कृतिले बज्जिका साहित्यमा नयाँ कीर्तिमान कायम गरेको बताएका छन् ।

कार्यक्रमको अध्यक्षता बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here