वुहान, २९ साउन/सिन्ह्वा

चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
वर्षाका कारण भएका प्राकृतिक विपत्तिका घटनाहरूमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरूले जनाएका छन् ।

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधवारदेखि बिहीवारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरूले शुक्रवार जानकारी दिएका छन् । वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको अधिकारीहरूले बताएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here