धारावाहिक नाटक
- समीर पाख्रिन
इमानसिंहको मोबाइलमा राष्ट्रिय धुनको रिङ बज्छ । हवल्दार उसै गरी हतार–हतार उठेर जीउ तनक्क पार्दै– हेलो, अँ भन् सुशीला ? के घर आउँदा दुई किलो माछा लिएर आउनु अरे ? अनि मसित खल्तीमा पैसा हुनुपरेन ? के रे ? के रे ? जसरी भएपनि लिएर आउनुप¥यो अरे ? ल यो कस्तो ठाडो आदेश ? जसरी भएपनि दुई किलो माछा लिएर जानुपर्ने अरे । आफूसित माछा किन्ने पैसा हुनुपरेन ?
धर्मनाथ ः के भो त, हवल्दारसाप तपाईंलाई हजार/पन्ध्र सय कति चाहिन्छ, मसँग लिए भइहाल्छ नि । तपाईं बाइक छाडिदिनोस् मबाट हजार/पन्ध्र सय कति चाहिन्छ लिनोस् ।
इमानसिंह ः के तपाईंबाट घूस लिने मैले ? मेरो नाम थाहा छ तपाईंलाई ? मेरो नाम इमानसिंह हो इमानसिंह । बुझ्नुभो ? यो इमानसिंह भुस खान तयार छ तर घूस खाँदैन ।
धर्मनाथ ः अब हवल्दार्नी साहेबले भनेपछि लगिदिनोस् न त । हवल्दारसाप आउनुहुन्छ र माछा पकाउँछु भनेर तोरी मसला पिसेर ठीक्क बसेकी हुन्छिन् होली । नलिई जाँदा बोर हुँदैन त? अलिक व्यावहारिक पनि हुनुप¥यो के हवल्दारसाप । ल लिनोस् हजार रुपैयाँ, सापटी सम्झेर फर्काइदिनुहोला ।
धर्मनाथले जबरजस्ती हवल्दारको सर्टको खल्तीमा राखिदिन्छ ।
इमानसिंह ः (प्लाकपुलुक हेर्दै) धत्तेरिका १ तपाईंले मेरो खल्तीमा हजारको नोट राखिदिएको कसैले त देखेन ?
धर्मनाथ ः देखेन, देखेन । ढुक्क हुनुहोस् ।
इमानसिंह ः हरे शिव १ अब यो हजार रुपैयाँ मैले कहिले फर्काउने होला लग्नुहोस् तपाईंको बाइक । अँ अब फेरि विनालाइसेन्स बाइक राजमार्गतिर ल्याएछ भने चाहिं फिर्ता हुँदैन है, छोरालाई सम्झाइदिनु ।
धर्मनाथ ः त्यो हजार रुपैयाँ फर्काउनुपर्दैन हवल्दारसाप राख्नोस् । तपाईं काम लाग्ने मान्छेसित जाबो हजार रुपैयाँ म फिर्ता लिन्छु होला त ?
इमानसिंह ः के फर्काउनुपर्दैन अरे ? त्यसो भए तपाईं आफ्नो रुपैयाँ फिर्ता लग्नुहोस् । मलाई कसैले दिएको भीखको पैसाले माछा खानु छैन । ल ल राख्नोस् तपाईंको पैसा । (हातैमा राखिदिंदै)
धर्मनाथ ः हवल्दारसाप पनि नमूनाको मान्छे हुनुहुन्छ । कोही चाहिं खल्तीमैं हात हालेर झिकौंला जस्तो गर्छन् कोही चाहिं दिंदा पनि फर्काउन खोज्छन् । ल ल तपाईंलाई जहिले सजिलो पर्छ दिनुहोला, म यतै रातोमाटेतिरै हुन्छु । (पर्सबाट भिजिटिङ कार्ड झिकेर दिंदै) हजुरलाई जहिले अनुकूल हुन्छ एक कल गर्नुहोला । म हाजिर हुँला ।
धर्मनाथ बाइक लिएर प्रस्थान गर्छ ।
इमानसिंह ः यो झिल्के कता गयो फेरि । चिया खाएर हिंडौ भनेको ।
(झिल्केलाई केही पर उभिएर सवारीको निगरानी गरिरहेको देखेपछि) एई झिल्के १ झिल्के १ जा त दुईवटा चिया भनेर आइज । चिया खाएर लाग्नुपर्छ ।
झिल्के ः हस् हस् हवल्दारसाप ।
झिल्के नजीकैको चियापसलतिर प्रस्थान गर्छ ।
०००
समय ः मध्याह्न । स्थान ः वीरगंजको माईस्थान चोक ।
अङ्कित पैसा नभएर छटपटिरहेको छ । कहिले कुन साथीलाई त कहिले कुन साथीलाई फोन गरेर पैसा सापटी मागे पनि कसैले उसलाई पैसा सहयोग गर्दैन । ऊ जेब खर्च नभएकोले दिक्क मानेर माईस्थान चोकमा उभिरहेको बेला उसको अनिल भन्ने एकजना व्यापारी साथीसित भेट हुन्छ ।
अङ्कित ः हेलो, अनिल १ कता हिंडिस् यार ?
अनिल ः यसो चिया खान निस्किएको । अनि तँ चाहिं कता ?
अङ्कित ः म पनि बिजी पप्पुहरूसित भेट हुन्छ कि भनेर बसिरहेको छु ।
अनिल ः न ढाट्, तैंले दीपिकालाई पर्खेको हुनुपर्छ । जेहोस्, दीपिका पाएर तँ पनि रणबीर भइस् यार ।
अङ्कित ः (झर्काे मान्दै) नजिस्की न यार । आफूलाई पैसा नभएर कत्रो टेन्शन छ । बरु तँसँग हजार रुपैयाँ जति छ भने दे न यार । मम्मीबाबा चेकअपका लागि काठमाडौं जानुभएको छ । आउनुभएपछि फर्काइदिन्छु ।
अनिल ः हजार रुपैयाँ ? (हाँस्दै) तँलाई किन चाहियो हजार रुपैयाँ ?
अङ्कित ः ल कस्तो कुरा गरेको तैंले ? शहरमा बस्नेलाई खल्तीमा हजार, पाँच सय रुपैयाँ चाहिंदैन ? ममी–बाबा आएपछि त दिइहाल्छु नि ।
अनिल ः हेर अङ्कित, मसँग पैसा थिएन होइन थियो तर आज बिहान मात्र रक्सौलको एउटा पार्टीलाई पचास हजार दिएर पठाएँ । भोलितिर हुन्छ भने भन ?
अङ्कित ः मलाई आजै चाहिएको थियो यार । तै पनि ट्राइ गर्न यार, साथीको वचन त राखिदे। अनिल ः अब मैले कहाँबाट ट्राइ गर्नु ? आज जसोतसो म्यानेज गर् । म तँलाई भोलि हजार रुपैयाँ दिने भए ल ।
अङ्कित ः ल, म तँलाई भोलि भेट्छु नि त है । घरमा हजुरआमा एक्लै हुनुहुन्छ जान्छु ।
हात मिलाउँछ । एक्लै बर्बराउँदै घरतिर बढ्छ ।
अब कहाँबाट म्यानेज गर्ने होला ? बरु हजुरआमासित पो छ कि ? हजुरआमालाई नै फकाउनुपर्ला । चाँडो चाँडो रामटोलस्थित घरतिर बढ्छ ।
अनिल ः (चोकमा उभिएर अङ्कित गएतिर हेर्दै) कामधाम भने केही छैन लन्ठु मोराको, केटी डुलाएर हिंड्नुपर्ने । चोकबाट प्रस्थान गर्छ ।
०००
समय ः उही । स्थान ः इमानसिंह हवल्दारको डेरा । आमाछोरी आँगनमा छन् । उषा तयार भएर कतै हिंड्न तरखर गर्दै उषाले अङ्कितलाई कल गर्छे ।
उषा ः (मोबाइलमा) अङ्कित, म घरबाट निस्के है । अलिक चाँडो आऊ । एक्लै देख्नुहुँदैन केटाहरूले खाउँला जस्तै गरी हेर्छन् । क्रमशः