प्रस, निजगढ, २८ साउन/
डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदलाई गणेशमान सिंह राष्ट्रिय सामुदायिक वन पुरस्कार प्रदान गरिएको छ ।
देशभरिका डिभिजन वन कार्यालयहरूमध्ये वन संरक्षणको कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरेबापत राष्ट्रियरूपमा प्रशंसापत्र प्रदान गरिएको हो । काठमाडौंमा वन तथा भूसंरक्षण विभागको आयोजनामा गरिएको कार्यक्रममा प्रशंसापत्र डिएफओ अहमदलाई प्रदान गरिएको हो ।
राष्ट्रिय प्रशंसापत्र प्राप्त भएपछि वन संरक्षणमा अझै काम गर्ने हौसला, ऊर्जा प्राप्त भएको बताउँदै वनक्षेत्रको संरक्षण, विकास, संवर्धनमा वन कर्मचारीका साथै स्थानीय तह, जनप्रतिनिधि, आमनागरिक, सरोकारवाला निकायहरूको समेतको महŒवपूर्ण भूमिका रहने डिएफओ अहमदले बताए ।
त्यसैगरी, वन संरक्षणको क्षेत्रमा विभागबाट प्राप्त गहन जिम्मेवारीलाई इमानदारिताका साथ कर्तव्य पालना गर्दै बाराको वनक्षेत्र संरक्षणमा महŒवपूर्ण योगदान पु¥याएबापत डिभिजन वन कार्यालय बाराका कमान्डर एवं सशस्त्र वन जमदार धु्रवकुमार कटुवाल रु १ लाख राशिसहित राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका छन् ।
वन संरक्षणको दौरानमा सशस्त्र वनरक्षक गणेशबहादुर शाहीको हत्या भएपछि वन तथा भूसंरक्षण विभागले शाहीको नाममा राष्ट्रिय पुरस्कार प्रदान गर्ने घोषणा गरेपछि पहिलो वर्षको पुरस्कार बाराका सशस्त्र वनरक्षक जमदार कटुवाललाई प्रदान गरिएको हो ।