प्रस, पर्सागढी, २८ साउन/

पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछटौलीमा अध्ययनरत एसइईका विद्यार्थीहरूले प्रअले अङ्क दिने कुरामा भेदभाव गरेको आरोप लगाएका छन् ।

एकजना विद्यार्थीले परीक्षा बोर्डले निर्धारण गरेको मापदण्डविपरीत प्रअ रामबहादुर चौधरीले आफूनजीकका अभिभावकका छोराछोरीको अङ्क बढाएको र जेहेन्दार विद्यार्थीहरूको अङ्क घटाएको आरोप लगाए । ती विद्यार्थीले आफू नियमित कक्षामा उपस्थित भएको, कक्षा ८ र ९ को रिजल्ट पनि राम्रो भएको तर सो मिलाएर अङ्क दिनुपर्नेमा नदिएको आरोप लगाए । उनले दुई महीना विद्यालयमा अनुपस्थित रहेका र कक्षा ८ र ९ मा आफूभन्दा कम अङ्क ल्याएकाहरूको एसइईमा बढी अङ्क दिइएको बताए ।

प्रअ चौधरीसँग सम्बन्ध राम्रो भएका र नजीकका व्यक्तिका छोराछोरीले बढी अङ्क पाएको उनको गुनासो छ । यस सम्बन्धमा प्रअ चौधरीसँग बुझ्दा उनले कसैलाई काखापाखा नगरेको बताए । परीक्षा बोर्डले निर्धारण गरेको नीति नियम अनुसार नै विद्यार्थीहरूलाई अङ्क दिइएको प्रअ चौधरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here