प्रस, जीतपुर, २८ साउन/
इलाका प्रशासन कार्यालय, सिमरा बाराले आव २०७७–०७८ मा ४ हजार ९४७ जनालाई नागरिकता वितरण गरेको छ ।
इप्रका सिमराका प्रमुख उपसचिव लक्ष्मण ढकालका अनुसार ३ हजार ५४७ लाई नयाँ नागरिकता वितरण गरिएको छ भने १०३ जनालाई वैवाहिक अङ्गीकृत, १ हजार २५० जनालाई नागरिकताको प्रतिलिपि जारी गरिएको छ । त्यसैगरी ५ सय ४९ जनालाई राहदानीको लागि काठमाडौं सिफारिश गरिएको प्रमुख ढकालले बताए ।
इप्रका सिमरा बाराले जितपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाका बासिन्दालाई सेवा प्रदान गर्दै आएको छ ।
यसभन्दा पहिले नागरिकता, राहदानी, विभिन्न सिफारिश र प्रमाणितको लागि कलैया धाउनुपर्दथ्यो तर अहिले जीतपुरसिमरामा कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको छ ।