प्रस, पर्सागढी, २८ साउन/
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–९ मा निर्माण भएको शिव मन्दिरमा शिवलिङ्ग स्थापनाको लागि आज शोभायात्रा निकालिएको छ ।
शुक्रवार मन्दिरमा शिवलिङ्ग स्थापना गरिने र त्यसका लागि आज बाजागाजासहित निस्केको शोभा यात्राले जीतपुर बजार परिक्रमा गरेको थियो । मन्दिर निर्माण भएपछि शिवलिङ्ग स्थापनाको लागि गत सोमवार बारा जिल्लाको दुधौरा खोलाबाट जल भरेर सोही दिनदेखि मन्दिरमा पूजा अर्चना गरिंदै आएको छ ।
शिव मन्दिरको निर्माण स्थानीय कृष्णप्रसाद गुप्ताले गरेका थिए । जीतपुरमा रहेको यो शिव मन्दिरलाई सानो गढीमाईको रूपमा परिभाषित गरिंदै आएको छ ।