प्रस, पोखरिया, २२ साउन/
मधेसी जन अधिकार फोरम मधेसले एमसिसीको विरोधमा शुक्रवार पोखरियामा कोणसभा गरेको छ ।
कोणसभामा फोरम मधेसका अध्यक्ष भाग्यनाथ गुप्ताले एमसिसी देशको लागि घातक रहेको बताए । उनले एमसिसीको लागि सबैले आआफ्नो क्षेत्रबाट विरोध गर्नुपर्ने बताए । अहिलेका नेताहरू पैसाको लागि देश बेच्न पनि पछि नपर्ने बताउँदै उनले एमसिसीको विरोध गर्न आफ्नो पार्टी लागिपरेको बताए ।
कोणसभामा मोहन यादव, जयकरण यादव, सन्तोष यादव, ललन सहनी लगायतको सहभागिता थियो ।