प्रस, वीरगंज, २२ साउन/
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्सासहितको टोलीले शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरा बजारमा अनुगमन गरेर पाँचवटा पसललाई कारबाई गरेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साका सूचना अधिकृत दिलीपखङ्ग खत्वेले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसूर गरेकोले सोही दफाको ३९ बमोजिम जीतपुरसिमरा उपमनपा–३ मा रहेको विकाश जनरल स्टोर्सले बिल नदेखाएपछि रु २० हजार जरिवाना गरिएको बताए । सोही स्टोरमा रहेको ३ हजार ८५५ रुपैयाँ बराबरको पेय पदार्थ मिति नाघेको कारण नष्ट गरिएको उनले बताए ।
यसैगरी, सोही ठाउँमा रहेको आरएम इन्टरप्राइजेजले खरीद बिल नदेखाउँदा निजलाई पनि रु २० हजार जरिवाना गरिएको, जीतपुरसिमरा–६ मा रहेको ओम शिवशक्ति जनरल स्टोरले निरीक्ष्Fण कार्यमा सहयोग नगर्दा रु २० हजार जरिवाना गरिएको सूचना अधिकृत खत्वेले बताए । यसैगरी, वडा नं १ स्थित भाइ किराना स्टोर र देवदास पैmन्सी स्टोरले खरीद बिल नदेखाउँदा निजहरूलाई जनही रु १० हजार जरिवाना गरिएको बताए ।
देवदास फैन्सी स्टोरमा म्याद नाघेका २२ हजार ६ सय ७० रुपैयाँबराबरको पेय पदार्थ नष्ट गरिएको उनले बताए ।