प्रस, वीरगंज, २० साउन/
कलैया उपमहानगरपालिकामा सामाजिक सुरक्ष्Fा सम्बन्धी नागरिक समाजका प्रतिनिधिहरूलाई तालीम दिइएको छ ।
होटल दरबारमा आयोजित तालीमको उद्घाटन त्रिलोत्तम पौडेलले गरेका थिए । बृजमोहन कुशवाहाको अध्यक्षतामा भएको तालीम उद्घाटनसत्रमा पन्नालाल प्रसाद, झापसी चौधरी, पारस प्रसादलगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि पौडेलले विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता पाउनेहरूसँग सहकार्य गर्दै आएको बताए । उनले तालीमको उद्देश्य सामाजिक सुरक्ष्Fा भत्ता उपलब्ध गराउनको लागि सम्बन्धित व्यत्तिःहरूसँग सहकार्य गर्नु रहेको बताए । उनले राजनीतिभन्दा पृथक भएर यो अभियानमा सक्रिय हुन आग्रह गरे ।
पौडेलले भदौ मसान्तभित्र सामाजिक सुरक्ष्Fा भत्ता पाउनेहरूले आआफ्नो वडा कार्यालयमा नवीकरण अथवा नयाँ आवेदन फाराम भर्नुपर्ने जानकारी गराए । सामाजिक सुरक्ष्Fा भत्ता तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीको पालामा रू १ सयबाट शुरू भएको र अहिले चालू आवमा यो भत्ता बढेर मासिक रू ४ हजार पुगेको उनले जानकारी गराएका थिए ।