प्रस, पंचगावाँ, १९ साउन/

जीराभवानी गाउँपालिका–१ महादेवपट्टि, बलुवाबाट भारतको भङ्गाहा बजार गर्न जाने नेपालीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुःख दिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

मङ्गलवार बिहान ९ बजे सो बजार गएका नेपालीहरूलाई सामान किनेर आउँदा एसएसबीका जवानहरूले दुःख दिएको स्थानीय सद्दाम आलमले बताए । उनले सीमामा खटेका एसएसबीले खाद्यान्न, लत्ताकपडालगायतका सामानहरू किनमेल गरी नेपाल आउने क्रममा सामान खोस्ने, कुटपिट गर्नेजस्ता कार्य गर्ने गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here