प्रस, वीरगंज, १९ साउन/
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्सा वीरगंजले गत वर्ष र १० करोड ६९ लाख ९० हजार राजस्व सङ्कलन भएको जनाएको छ ।
कार्यालय प्रमुख सुशील साहले आव २०७६/७७ मा रु ८ करोड २२ लाख १५ हजार राजस्व सङ्कलन भएको र २०७५/७६ मा रु १२ करोड १६ लाख ५५ हजार राजस्व सङ्कलन भएको जानकारी गराए । उनले आव २०७६/७७ र २०७७/७८ मा कोरोना सङ्क्रमण, लकडाउन र निषेधाज्ञाका कारण राजस्व सङ्कलन प्रभावित भएको बताए । तर पनि आव २०७६/७७ को तुलनामा गत आवमा अढाई करोड राजस्व बढी सङ्कलन भएको उनले जनाएका छन् ।
अहिलेसम्म १ लाख ७२ हजार ५ सय थान स्मार्टकार्ड छपाइको लागि विभागमा आग्रह गरिएकोमा १ लाख २३ हजार १६७ छपाइ भएको र अझै छपाइ हुन बाँकी रहेको बताए । उनले गत आवमा दुईपटक गरी थप छपाइको लागि करीब ८० हजार कार्ड पठाइएको जानकारी गराएका छन् ।