नितेश कर्ण, वीरगंज, १६ साउन/

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले सूचना माग गर्नेलाई सूचना लिन नगरपालिकाले सुचित गरेर बोलाउने गरेको बताएका छन् ।

प्रतीकसँग कुरा गर्दै प्रमुख यादवले सूचना माग्नेहरूलाई नगरपालिकाले सूचना दिइरहेको बताए। उनले आफ्नो क्षेत्रभित्रको कुनै पनि सूचना पाइएन भनेर गुनासो गर्नुपर्ने अवस्था नरहेको बताए।

प्रमुख यादवले सूचनाको नाममा राजनीतिक अभीष्ट पूरा गर्नेहरूले रचेको प्रपञ्च मात्र हो सूचना नदिएको कुरा । उनले कुन प्रयोजनका लागि सूचना आवश्यक भएको हो, किन सूचना चाहियो भन्नेसम्म थाहा नहुने तर मानिसको भीड लिएर आउने र कानूनले दिएको सूचनाको हक किन नदिने भनेर बबाल गर्नु असल मानसिकताको उपज नभएको बताए ।

समान्य मानिसले आवश्यक सूचना माग गरी लिन सक्ने वातावरण तयार गरिएकोमा एकमुस्ट चार वर्ष, तीन वर्षको सूचना माग गर्ने अनि तत्काल दिनुपर्ने अडान लिनु असल नियत हुनै नसक्ने दाबी गरे ।

सूचना विभिन्न फाँटका हुन्छन्, सबै फाँटका मानिस सूचना मात्र दिन तयारी अवस्थामा हुने कुरा पनि आउँदैन । समयसीमा प्रदान गरेर राम्रो नियत राखी सूचना माग्नेहरूलाई कहिले नरोकिएको प्रमुख यादवले बताए । उनले आफ्नो नगरपालिकाले कोलेनिकामा हरहिसाब पठाउन लेखापालको कारण ढिला भएको बताएका छन् ।

हरहिसाब बुझाउने काम लेखापालको भएको तर आफ्नो कार्यालयको लेखापाल अहिले भगुवा अवस्थामा छ । उनले कति खर्च भयो कति फ्रिज भयो भन्नेबारे जानकारी नगराएसम्म कसरी कति रकम फ्रिज भयो हरहिसाब कति भयो भन्न नसकिने भएकोले नै कोलेनिकामा पठाउन नसकिएको बताए ।

1 COMMENT

  1. मेयर जी मेरो सूचना कहिले दिनु भएको छ।
    हजूर ले त झूट को बोरा खोली दिनु भो
    हामीले सुन्दा लाज लागी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here