प्रस, वीरगंज, ९ साउन/
जनजाति कल्याण आश्रम नेपालका महासचिव प्रेम थुलुङले नेपालमा हिन्दू धर्म असुरक्षित भएको महसूस हुन थालेको बताएका छन् ।
हिन्दू स्वयंसेवक सङ्घ नेपालले आदर्शनगरस्थित जैन धर्मशालामा गुरु पूर्णिमाको अवसरमा आयोजना गरेको गुरु दक्षिणा उत्सवको उद्घाटन गर्दै महासचिव थुलुङले विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने कार्य भइरहेकोले हिन्दू धर्म असुरक्षित हुन थालेको बताए ।
उनले देशमा ८२ प्रतिशत हिन्दू, ९ प्रतिशत बुद्धिस्ट, र ३ प्रतिशत किराँत गरी ९४ प्रतिशत हिन्दू सनातन धर्म मान्ने समाज भएपनि थोरै उपेक्षित वर्गका कारण पूरै समाज असुरक्षित हुन लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले अशिक्षा, गरीबीका कारण धर्म परिवर्तन गर्ने काम भइरहेकोले यसलाई रोक्नुपर्ने बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक बैदले हिन्दू राष्ट्र बनाउन एक भएर अगाडि लाग्नुपर्ने बताए ।
हिन्दू धर्म कमजोर हुनुको कारण साङ्गठनिक एकता कमजोर भएको बताउँदै उनले अबका दिनमा एक ढिक्का भएर अगाडि बढ्न सुझाव दिए ।
हिन्दू स्वयंसेवक सङ्घ पर्साका अध्यक्ष ललन द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वेदप्रकाश, रञ्जित साहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण कृष्णा चौरसियाले गरेका थिए ।
यसैबीच गुरु पूर्णिमाको अवसरमा शङ्कराचार्य पीठ परिषद् नेपालले माईस्थानमा आयोजना गरेको हवन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्F सुबोध गुप्ताले हिन्दू धर्ममाथि अनेकौं प्रकारको आक्रमण भइरहेको बताए । उनले हिन्दू धर्ममा विद्यमान विकृति हटाउँदै यसको संरक्षण र संवद्र्धनमा आह्वान गरे ।
ज्येष्ठ नागरिक सङ्घ, पर्साका पूर्व अध्यक्ष्F पशुपति विक्रम शाहले हिन्दू राष्ट्र स्थापनाको लागि सबै क्षेत्रबाट जोडदार आन्दोलन आवश्यक भएको बताए ।
कार्यक्रमको संयोजक डा अनिलकुमार झाले आदिगुरु शङ्कराचार्य, स्वामी निश्चलानन्द महाराजको नेपालप्रति अगाध माया रहँदै आएको बताए । उनले नेपालमा हिन्दू धर्ममाथि भइरहेको आक्रमण बचाउन निर्देशन दिएको जानकारी गराए ।
वीरगंज संस्कृत विद्यालयका प्राचार्य विजयनाथ तिवारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।