प्रस, वीरगंज, ४ साउन
नारायणी अस्पतालको बहिरङ्ग सेवा पूर्णरूपमा सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले कोभिड सङ्क्रमणको कारण केही महीना बन्द बहिरङ्ग सेवा असार १८ गतेदेखि प्रतिविभागले २० जना बिरामी हेर्ने गरी खोलिएको र साउन १ गतेदेखि पूर्णरूपमा बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको बताए ।
उनले बहिरङ्ग सेवाका सबै विभागमा अब बिरामीहरूको सङ्ख्या नतोकिएको बताए । बहिरङ्ग सेवाको लागि बिहान ९ देखि ११ बजेसम्म टिकट काटिने र सबै बिरामीको चेकजाँच गरेपछि बहिरङ्ग सेवा बन्द गर्ने उनले बताए ।