प्रस, सिम्रौनगढ, ४ साउन
लोहारहरूको सङ्गठन विश्वकर्मा लोहार सेवा समितिको भेला सिम्रौनगढमा सम्पन्न भएको छ । भेलाका अध्यक्ष सोनालाल ठाकुरले गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले लोहारलाई दलितमा समावेश गरेकोमा खुशी व्यक्त गरे । उनले गृहको सो निर्णयलाई अविलम्ब कारबाईमा ल्याउन माग गरे ।
भेलामा समितिका वरिष्ठ सल्लाहकार महादेव ठाकुरले स्वागत र किशोर ठाकुरले सहजीकरण गरेका थिए । भेलामा सोनालाल ठाकुर, सुजीत शर्मा, जनक ठाकुर, किशोरी ठाकुर, कन्हैया ठाकुर, अशोक ठाकुर, शिवशङ्कर ठाकुरले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा करीब दुई सयजना लोहार जातिको सहभागिता थियो ।