प्रस, वीरगंज, २९ असार/
वीरगंज महानगरपालिका कार्यालयविरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले उत्प्रेषण परमादेश जारी गरेको छ ।
वीरगंजका धीरज गुप्ताले विपी उद्यानमा निर्माण भइरहेको सवारी पार्किड्ढो काम रोक्का गर्न अन्तरिम आदेश माग गर्दा अदालतका न्यायाधीश शान्ता सेढाईं सापकोटाले उत्प्रेषण परमादेश जारी गरेकी हुन् ।
परमादेश जारी गर्दै निवेदक गुप्ता र वीरगंज महानगरपालिकालाई साउन ६ गते छलफलको लागि बोलाइएको छ । सो बखतसम्म विपी उद्यानमा भइरहेको काम रोक्का राख्न आदेश गरिएको छ ।
अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा साउन ६ गते दुवै पक्षसँग प्रमाण बुझेर निर्णय गरिने र तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरिएको अदालतले जनाएको छ ।
तर वीरगंज महानगरपालिकाले यसअघि पत्रकार सम्मेलन गरी विपी उद्यानमा पर्खाल र ढलान कार्य सघन शहरी तथा भवन निर्माण आयोजनाले गरिरहेको जानकारी गराएको थियो ।