प्रस, वीरगंज, २७ असार/

वीरगंज महानगरपालिकाले घण्टाघर–पावरहाउस चोकसम्म फोरलेन सडक अन्तर्गत आफ्नोतर्फको दुई लेनको सडक निर्माण गरेपछि सोही सडकखण्डमा सडक विभाग अन्तर्गत पर्ने दुई लेनको अर्को सडक भने बिग्रिन शुरू भएको छ ।

महानगरपालिकाले निर्माण गरेको दुई किलोमिटर लम्बाइको सडकखण्ड सडक विभागले निर्माण गरेको सडकको बराबर हुनेगरी नबनाएर अग्लो पारेपछि अहिले वर्षायाममा सडक विभागतर्फको दुई लेन सडकमा पानी जम्ने र ठाउँ–ठाउँमा खाल्डो भएको छ ।

घण्टाघरदेखि पावरहाउस चोकसम्म फोरलेन सडकमा १४ वटा मोड छन् । ती मोडमा महानगरले बनाएको पिच सडक उँचो भएपछि सडक विभाग अन्तर्गतको दुई लेन सडकमा पानी जम्ने र खाल्डो पर्ने क्रम शुरू भएको हो ।

साल्ट टे«डिङ चोक, तेजारथ चोकलगायत सडकका अन्य भागमा खाल्डाखुल्डी छन् । बाँकी अन्य मोडहरूमा पानी जमेर हिलो भई सडक बिग्रिन शुरू भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here