प्रस, रक्सौल, २७ असार/

काङ्ग्रेसका पूर्वप्रत्याशी रामबाबू यादवले रक्सौलको अवस्था देखेर दुःखी भएको बताएका छन् । नेता यादवले रक्सौलको भ्रमण गर्ने क्रममा व्यवसायीसँग कुराकानी गर्दै कुनै बेला व्यावसायिक नगरको रूपमा रहेको रक्सौलको अहिलेको अवस्था देखेर आफूलाई अफसोच लागेको बताए ।

उनले जनप्रतिनिधि, सरोकारवाला निकायको लापरवाहीका कारण रक्सौलको अवस्था दयनीय भएको बताए । ठाउँ–ठाउँमा खाल्डो, जीर्ण सडक, धूलो–धूवाँ र ट्राफिक जामको कारण रक्सौलवासीको दिनचर्या अस्तव्यस्त भएको बताए ।

उनले गेटवे अफ नेपालको नामले प्रसिद्ध रक्सौल शहर सुधारको लागि यथाशीघ्र कदम चाल्नुपर्ने जोड दिए । कार्यक्रममा अनिरुद्ध यादव, आरिफ, मुन्ना यादव र प्रदीप भारतीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here