प्रस, वीरगंज, २७ असार/

हनुमानीदेवी नथमल बैध सेवा समिति, वीरगंजले नारायणी अस्पताल, वीरगंजलाई कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा प्रयोग हुने सी–पाप मेशिन (कन्टिन्युएस पोजिटिभ एयर–वे मास्क) सहयोग गरेको छ ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका सदस्यहरू अशोक बैध, हेमन्त बैध र दीपक बैधले नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्रबहादुर प्रधानलाई सो उपचार सामग्री हस्तान्तरण गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here