प्रस, वीरगंज, २५ असार
वीरगंज महानगरपालिका–१८ स्थिति नेरामावि भवानीपुरका छात्राहरूलाई साइकल वितरण गरिएको छ । गरीब, जेहेन्दार, दलित ३५ जना छात्रालाई नगरप्रमुख विजयकुमार सरावगी र वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले संयुक्तरूपमा साइकल वितरण गरेका थिए ।
सो अवसरमा नगरप्रमुख सरावगीले बालिका शिक्षामा मधेस कमजोर भएको र बालिकाहरूलाई विद्यालयसम्म सहज आवतजावतको लागि महानगरपालिकाले साइकल वितरण गरेको बताए ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक हरिमाधव यादवको अध्यक्षतामा भएको थियो ।