प्रस, पर्सागढी, २५ असार

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले शुक्रवार सिङ्घाइ नदीको निरीक्षण गर्दै तटबन्ध बनाउन निर्देशन दिएका छन् ।

आज वडाध्यक्ष वेदमान दास थारू, प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादव, सहायक प्राविधिक परमेश्वर साहको टोलीसहित नदीको कटान निरीक्षण गर्न गएका नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृत यादवलाई अविलम्ब तटबन्ध बनाउन निर्देशन दिएका हुन् ।

स्थानीयले नदीको बहाव बढेर थुप्रै स्थान कटान गरेको र आगामी दिनमा पनि सो कार्य हुन सक्ने भनी तटबन्ध निर्माणको लागि आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here