प्रस, सेढवा, २५ असार

जीराभवानी गाउँपालिकाले शुक्रवार आठौं गाउँसभा गरी नीति तथा कार्यक्रमसहित आगामी आव द्द०७८र७९ को लागि रु ३३ करोडको बजेट सार्वजनिक गरेको छ ।

बितो महतो जनता मावि जीतपुर नौकाटोलामा आयोजित गाउँसभाको गापा प्रमुख रामप्रीत महतोले उद्घाटन गरेका थिए । उपाध्यक्ष उषादेवी थरुनीले नीति तथा कार्यक्रमसहित ३३ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् ।

उनले गापाले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकता दिने नीतिअनुरूपको बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । गापाले परम्परागत खेतीलाई विस्थापित गरी कृषिमा आधुनिकीकरण ल्याइ कृषि उत्पादन बढाउने लक्ष्य लिएको र सोहीअनुरूपको बजेट बनाइने बताइन् ।

यसैगरी, उनन्त जातका बीउबिजन उत्पादन तथा कोल्डस्टोरको व्यवस्थापनमा पालिकाको बजेट खर्चिने योजना रहेको उपाध्यक्ष थरुनीले बताइन् । भूमिगत सिंचाइभन्दा विनाश हुँदै गएका सिंचाइका मुहानको संरक्षण गरी प्रयोगमा ल्याइने काम आगामी वर्ष गरिने उनले बताइन् ।

वातावरण तथा पर्यावरण संरक्षण र हरियालीका लागि वृक्षारोपण गरिने नीति तथा कार्यक्रम रहेको र कुलत तथा विकृतिमा लागेका युवावर्गलाई पेशागत तालीम प्रदान गरी सामाजिक विकासमा लगाउने योजना रहेको उनले बताइन् । पालिकामा रहेको खोलाबाट वैज्ञानिक मापदण्ड अपनाएर नदीजन्य पदार्थ उत्खनन गरिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here