प्रस, पोखरिया, २४ असार/
किरण आँखा अस्पतालको आयोजनामा बिहीवार पोखरियामा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
पोखरिया नगरपालिका–४ बजार क्षेत्रमा भएको निश्शुल्क आँखा शिविरमा ५८ जनाको आँखा परीक्षण गरिएको र ११ जनामा मोतीबिन्दु फेला परेको अस्पतालका सञ्चालक डा अमर क्यालले बताए ।
उनले मोतीबिन्दु फेला परेका ११ जनाको आगामी सोमवार असार २८ गते निश्शुल्क शल्यक्रिया गरिने जानकारी गराए ।