प्रस, परवानीपुर, २४ असार/
वीरगंज सामुदायिक आँखा अस्पतालमा एकजना दश वर्षीय बालकको मोतीबिन्दुको सफल शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको छ ।
जन्मेदेखि बायाँ आँखामा मोतीबिन्दु भएका पर्सागढी नगरपालिका–६ निवासी १० वर्षीय उज्ज्वल कुमारको आँखाको ज्योति फर्केको हो । आर्थिक समस्याका कारण उनको उपचार पर्सागढी नगरपालिकाको खर्चमा गरिएको थियो ।
अस्पतालका चिकित्सक डा अमृत आचार्यको टोलीले शल्यक्रिया गरी बालकको आँखाको ज्योति फर्काएको अस्पतालका संयोजक महेशसिंह धामीले बताए । अहिले उज्ज्वलले दुवै आँखाबाट देख्न थालेको उनका परिवारले बताएका छन् ।
जन्मदै मोतीबिन्दु भएको कारण उज्ज्वलले बायाँ आँखाबाट देख्न सक्दैनथिए ।