प्रस, वीरगंज, २० असार

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले आइतवार राति ९ जना सङ्क्रमित थपिएको जनाएको छ ।

अस्पतालका कोडिभ संयोजक डा उदयनारायण सिंहले ९६ जनाको स्वाब परीक्षण गर्दा बाराका पाँच, पर्साका तीन र झापाका एक गरी नौजना सङ्क्रमित पुष्टि भएको बताए ।

सङ्क्रमितहरूको उमेर २० देखि ४७ वर्ष रहेको र उनीहरूको सिटी भ्यालू २४ देखि ३५ रहेको डा सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here