सर्लाही, २० असार रासस

सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका क्षेत्रमा झन्डै दुर्ई दशकपछि पक्की सडकको निर्माण शुरू भएको छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत पर्ने मलङ्गवा–१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण शुरू भएको हो ।

करीब एक हजार ७०० मिटर लम्बाइमा दुवैतर्फ डेढरडेढ मिटर नाला तथा १३ मिटर आरसिसी ढलान रहने गरी जम्मा १५ मिटर चौडाइको उक्त सडकको निर्माण शुरू भएपछि मलङ्गवावासी खुशी भएका छन् । केन्द्र सरकार अन्तर्गत रहेको शहरी विकास मन्त्रालयको रु १० करोड बजेटबाट उक्त सडकको निर्माण शुरू भएको मलङ्गवा नगरपालिकाले जनाएको छ ।

यसअघि ४२ मिटर चौडाइको सडक बनाउने योजना रहेको भएपनि सयौं स्थानीय बासिन्दाको घर पूर्णरूपमा क्षति हुने र सडक पनि नबन्ने भएपछि नगरपालिकाको बोर्डको बैठकको निर्णय अनुसार १५ मिटर चौडाइको सडक बनाउन लागिएको नगरप्रमुख निरसल साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here