प्रस, गरुडा, १७ असार/

रौतहटको गरुडामा रहेको वंशीराम जायसवाल अनाथालयका संस्थापक वंशीराम जायसवाललाई एक समारोहबीच सम्मानित गरिएको छ। लायन्स क्लब अफ चन्द्रनिगाहपुरले गरुडास्थित गायत्री शक्तिपीठमा आयोजित कार्यक्रममा दोसल्ला ओढाएर फूलको माला पहि–याउँदै सम्मानपत्रले सम्मानित गरेको हो।

क्लबको बिहीवारदेखि नै सम्हालेको नयाँ नेतृत्वले कार्याधिकार पाएको पहिलो दिन अनाथ बालबालिकालाई दश बोरा चामल, दश किलो दाल, एक बोरा नून, एक कार्टुन खानेतेल तथा अनाथालयमा रहेका ३२ जना बालबालिकालाई ब्रश, पेस्टलगायतका सामग्री प्रदान गरिएको आयोजकका तर्फबाट दीपक रेग्मीले जानकारी गराएका छन्।

अनाथालयका संस्थापक जायसवाललाई सम्मानित गर्दै वक्ताहरूले अनाथालयको वर्तमान अवस्था, संस्थापक वंशीराम जायसवालको व्यक्तित्व तथा कृतित्वबारे प्रकाश पारेका थिए। विसं १९९१ मा जन्मेका जायसवालले आफ्नो निजी सम्पत्ति लगानी गरी आफ्नै जग्गामा २०५२ सालमा अनाथालय सञ्चालन गरेको र अहिले विभिन्न दाताहरूले गर्दा अनाथालयका बालबालिकाको भरणपोषण भइरहेको छ।

क्लब अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता तथा पूर्वअध्यक्ष वासु अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा करीब एक दर्जन वक्ताले अनाथालयको आवश्यकता र सहयोग गर्नुपर्ने विषयमा मन्तव्य राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here