प्रस, वीरगंज, १५ असार/

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको छ। प्रतीक दैनिकको कार्यालयमा मड्डलवार सम्पन्न सभाले नयाँ कार्यसमितिको चयन गरेको सचिव केसी लामिछानेले बताए।

उनले जेठ १५ गते बसेको बैठकले असार १५ गते साधारणसभा गर्ने निर्णय गरे अनुरूप आज प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बताए। साधारणसभाले शर्माकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्ष चन्द्रकिशोर झा, सचिव हिमाल शर्मा, कोषाध्यक्ष शत्रुघ्न नेपाल र सदस्यहरू अनन्तकुमार लाल दास, महेशचन्द्र गौतम, केसी लामिछाने, प्रताप श्रेष्ठ, विकाश शर्मा, श्याम बन्जारा, अनुप तिवारी रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here